प्राविधिक रूपमा सुदृढ बन्ने
07 January 2025
अगस्टको अन्त्यतिर, बालाजु अटोवर्क्स (Balaju Autoworks) ले अग्नी ग्रुप (Agni Group) को सम्बद्धतामा ट्र्याक्टरका विभिन्न पक्षहरूलाई गहन रूपमा समेट्ने दुई-दिने प्रशिक्षण कार्यक्रम आयोजना गर्यो। सामान्य विशिष्टता समावेश गरेको उक्त सत्र श्रीमान कुन्दन शर्मा र सुश्री अश्विनी कुमार चौधरीद्वारा सञ्चालन गरिएको थियो भने; श्रीमान तपस पतानैक र श्रीमान दिपक आचार्यले प्राविधिक पक्षहरू सम्हाल्नुभयो। सिद्धान्त सत्रपछि, त्यहाँ अन्तरक्रियाशील प्रयोगात्मक सत्र पनि थियो। हालै आर्जन गरिएको ज्ञान सहभागीहरूले कत्तिको बुझेका छन् भनी मूल्याङ्कन गर्न, एउटा परीक्षण सञ्चालन गरियो। प्रमाणपत्र र उपहार वितरणले अत्यन्तै लाभदायक सत्रको समाप्ति भएको संकेत गर्यो।