हाम्रो विश्वव्यापी आकांक्षालाई शक्ति दिन, हामीले R&D सुविधाहरूको न्युरल नेटवर्क बनाउँदैछौं, जसले विश्वमै प्रविधिमा अग्रज र भिन्नतायुक्त उत्पादनहरूको रूपमा नेतृत्व दिनेछ। हाम्रा ट्र्याक्टरहरू Sampo Rosenlew, Mitsubishi र Hisarlar सँगको स्थायी साझेदारीमार्फत 40 भन्दा धेरै राष्ट्रहरूका फार्महरूमा काम गरिरहेकाछन्। तर यो हाम्रो विश्वव्यापी वृद्धि कथाको सुरुवात हो।
महिन्द्राको स्टेट-अफ-आर्ट-रिसर्च, डिजापन र विकासका सुविधाहरू यी देशहरूमा छ –
भारत
टर्की
जापान
फिनल्याण्ड
सुरुको लगानी : 7650+ crore
इन्जिनियरको सबलता : 2500+
ल्याबहरूको संख्या : 32
भारतमा पेटेन्ट्स फिल्ड : 626
अन्तर्राष्ट्रिय रूपमा पेटेन्ट फिल्ड 106
पेटेन्टेड mCRD™ प्रविधि: महिन्द्राको कमन रेल डिजेल इन्जिनहरूले अझ उच्च प्रभावकारिता प्रस्ताव गर्छन् र कम जटिल हुन्छन् र अझ कम लागतमा क्लिनर एक्जहस्ट इमिसन उपलब्ध गराउँछन्।
ड्राइभररहित ट्र्याक्टर प्रविधि: विश्वव्यापी रूपमा सानो क्षेत्रफलमा कृषकहरूलाई मेसिनरी प्रक्रियाको पुनर्परिभाषित गर्न
स्मार्ट आँखाको ड्राइभ प्रविधि: लागत प्रतिस्पर्धी उच्च यथार्थ अटो स्टियरिङ प्रणाली।
डिजिसेन्स: स्मार्ट प्राविधिक समाधानले महिन्द्रा ट्र्याक्टरका मालिकहरूलाई कुनै पनि समयमा कुनै पनि ठाउँमा आफ्ना ट्र्याक्टरहरूको अवस्थाको सतर्कताहरू प्राप्त गर्न र अनुगमन गर्न सक्षम बनाउँछ।
ट्रिरिङ्गो: कृषकहरूलाई मागेकैबखतमा प्रविधिमा पहुँच गराउन सक्षम बनाउन ट्रयाक्टर र फार्म मेशिनरीहरू भाडामा दिने भारतको पहिलो डिजिटल प्ल्याटफर्म।
1. नयाँ प्रवृत्तिहरूमा केन्द्रित हुने
a. पेटेन्टेड mCRD™ प्रविधि: महिन्द्राको कमन रेल डिजेल इन्जिनहरूले अझ उच्च प्रभावकारिता प्रस्ताव गर्छन् र कम जटिल हुन्छन् र अझ कम लागतमा क्लिनर एक्जहस्ट इमिसन उपलब्ध गराउँछन्।
b. ड्राइभररहित ट्र्याक्टर प्रविधि: विश्वव्यापी रूपमा सानो क्षेत्रफलमा कृषकहरूलाई मेसिनरी प्रक्रियाको पुनर्परिभाषित गर्ने
c. स्मार्ट आँखाको ड्राइभ प्रविधि: लागत प्रतिस्पर्धी उच्च यथार्थ अटो स्टियरिङ प्रणाली।
d. डिजिसेन्स: स्मार्ट प्राविधिक समाधानले महिन्द्रा ट्र्याक्टरका मालिकहरूलाई कुनै पनि समयमा कुनै पनि ठाउँमा आफ्ना ट्र्याक्टरहरूको अवस्थाको सतर्कताहरू प्राप्त गर्न र अनुगमन गर्न सक्षम बनाउँछ।
e. ट्रिरिङ्गो: कृषकहरूलाई मागेकैबखतमा प्रविधिमा पहुँच गराउन सक्षम बनाउन ट्रयाक्टर र फार्म मेशिनरीहरू भाडामा दिने भारतको पहिलो डिजिटल प्ल्याटफर्म।
2. रिफाइन र डिजाइन
a. फार्म डिभिजनले हाल उपभोक्ताहरूलाई समाधानहरू अनुकूलन गर्न केन्द्रित गर्दैछ। हाम्रा परीक्षणहरू सुविधाहरू विश्वकै उत्कृष्ट छन् र जसमध्ये हाम्रा धेरैजसो परीक्षणहरू NABL द्वारा प्रमाणित छन्।
b. हामीले हरेक चरण प्रभावकारी रूपमा, नयाँ उत्पादनको विकासमा उत्पादनका परीक्षण, जाँचहरू र मूल्याङ्कनको समयलाई कम गर्दै गरिन्छ भन्ने सुनिश्चित गर्छौं। जसअनुसार उपभोक्ताहरूलाई नयाँ प्रविधि अझ द्रुत रूपमा पुरस्कार स्वरूप एकत्र गर्न मद्दत हुन्छ।
c. रोल-ओभर सुरक्षा संरचनाको लागि फ्याटिग टेस्ट ल्याबमा होमोलोगेसन परीक्षण सुविधा भनेको NABL – भारत, TUV Nord – जर्मनी र VCA – युकेद्वारा प्रमाणित भारतको OMEs मध्येकै एउटा हो।
3. शिक्षा जगतसँगको सम्बन्ध
महिन्द्राले विद्यार्थीहरूमा विचार, नवीकरण र महत्वपूर्ण खोजद्वारा सामान्य भन्दा माथि उठ्ने चाहनालाई प्रोत्साहन गर्नमा विश्वास राख्छ। यस विश्वासलाई रेखाङ्कित गर्नको निम्ति हामीले कान्सास स्टेट विश्वविद्यालय, युएसए मा जैविक र कृषि इन्जिनियरिङ विभागको प्रायोजनको उत्तरदायित्व लिएका छौँ।
पावरट्रेन डेभेलप्मेन्ट सेन्टर
प्रोटोटाईप निर्माण गर्नु
• प्रोतोकोल, निर्माण गर्नु र नष्ट गर्नु
• बेन्चमार्किङ
• इन्जिन अभ्यासकार्य
टिकाऊपन पुष्टिकरण
पुष्टिकरण प्रयोगशालाले सबै कार्य चक्रको आवश्यकतालाई कस्टमर रियल वर्ल्ड युसेज प्याटर्न अनुसार अनुकरण गर्दछ।
प्रदर्शन र उत्सर्जन पुष्टिकरण
हामीले कच्चा उत्सर्जन, दहन समिक्षा उपकरण, स्मोक मिटर, पार्टिक्युलेट मापन, कण्डिशन्ड हावा (तापमान/चाप/आर्द्रता) को लागि अस्थायी र स्थिर स्थिति परिक्षण गर्दछौ। हाम्रो PTO परिक्षण प्रयोगशाला PTO शक्ति, ईन्धन अर्थ र कुलिङ प्रदर्शनको लागि ट्र्याक्टर स्तर परिक्षणको लागि NABL द्वारा मान्यताप्राप्त छ।
महिन्द्रा रिसर्च भ्याली
चेन्नईको महिन्द्रा वर्ल्ड सिटीको 125 एकर जग्गामा रहेको, महिन्द्रा रिसर्च भ्याली (MRV) 2500 भन्दा बढी इन्जिनियरहरू, डिजाइनरहरू र विचारकहरूको गृह हो। चर्चित आर्किटेक्ट चार्ल्स कोरेयाद्वारा डिजाइन गरिएको, र $150 मिलियन डलरको लगानीको समर्थनप्राप्त महिन्द्रा रिसर्च भ्यालीले महिन्द्रा ग्रूपको प्रतिबद्धताहरूको टेक्नोलोजीद्वारा प्रेरित नविकरणको प्रमाण बोकेको छ।
MRV का विकसित प्रयोगशालाहरू
NVH ल्याबहरू
MRV को स्टेट-अफ-आर्ट NVH सुविधामा, हामिले ग्राहकको लागि बेस्ट-इन-क्लास NVH आरामका साथै आफ्नै हिसाबको बजार आवश्यकताहरू वितरण गर्ने सुनिशचित गर्छौं। सेमी-एनिकोइक च्याम्बर र इन्जिन डाइनामोमिटरले उत्पादन विकास चक्रको क्रममा रियल वर्ल्ड युसेज अपरेटिङ सर्तहरूमा अनुरूपता बनाएर सहायता गर्छन्।
प्रोटो मेशिन पसल
यहाँ उच्च गुणको ध्यान राखिएको मेशिनको अंगहरूको आकार बनाईन्छ र ट्रयाक्टरमा प्रयोग गरी विभिन्न अनुप्रयोग गरी मान्यता दिइन्छ। यो प्रक्रियाले वास्तविक डिजाइनका साथसाथै ट्र्याक्टरको गुण र प्रदर्शनको उपयुक्त बुझाइको लागि सक्षम बनाउँछ।
फ्याटिग परिक्षण प्रयोगशाला
प्रदर्शन र शक्तिको मुल्यांकन गर्न, यस कृषि उपकरण सर्वोत्कृष्ट प्रदर्शन र गुणमा अनुरुपताको लागि द्रुत गतिको परिक्षण परिस्थितिबाट गुज्रिन्छ. रोल-ओभर सुरक्षा संरचनाको लागि फ्याटिग टेस्ट ल्याबमा होमोलोगेसन परीक्षण सुविधा भनेको NABL – भारत, TUV Nord – जर्मनी र VCA – युकेद्वारा प्रमाणित भारतको OEMs मध्येकै एउटा हो।
प्रणाली मूल्याङ्कन प्रयोगशाला
यहाँ हाम्रो मूख्य ध्यान भनेको नयाँ ट्रयाक्टर उत्पादनहरू वितरण गर्नु, डिजाइन पश्चातको प्रमाणीकरण र प्रणाली तहको पुष्टिकरण हो। ट्रयाक्टरहरूको, महिन्द्राको IS साथै ISO स्तरको अनुसारको प्रदर्शन र टिकाउपनको परिक्षण हुन्छ। थप, प्रयोगशालाले नयाँ परिक्षण विधिको विकास, विफलताको अनुरूप र RWUP को अनुसार CAE र भौतिक सह-सम्बन्ध मा ध्यान दिन्छ। SEL को 15 परिक्षणहरू NABI द्वारा मान्यताप्राप्त छ भने हाइड्रोलिक प्रदर्शन परिक्षण VCA द्वारा मान्यताप्राप्त छ।